प्रधानमन्त्री देउवाद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा

 ग्लोवल टि.भी.      बिहिबार, कार्तिक ४, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोको अवस्था अवलोकन गर्न आज सुदूरपश्चिम गएका छन्।

आज नेपाली सेनाको हेलिकप्टरबाट गएका प्रधानमन्त्री देउवा सुर्खेत हुँदै दिपायल पुग्ने कार्यक्रम छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिएपछि बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकनगर्नेछन्।

त्यपछि डडेलधुरा सदरमुकाम पुगेर ब्रिफिङ लिएपछि जोगबुढाको अवस्था अवलोकन गर्ने जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाले जोगबुढाबाट कञ्चनपुरको महेन्द्रनगरको सैनिक ब्यारेकमा ब्रिफिङ सुनेपछि बह्मदेवको अवलोकन गर्ने त्यहाँबाट दोधारा–चाँदनी हुँदै उनी कैलालीको धनगढी पुग्ने कार्यक्रम छ ।धनगढीबाट शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पु¥याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिनु हुनेछ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहप्रदेश सुदूरपश्चिम गएका हुन् । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *