बागमती प्रदेशको बैठक कात्तिक १०सम्मलाई स्थगित

 ग्लोवल टि.भी.      बिहिबार, कार्तिक ४, २०७८      0

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको विश्वासको मतमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ ।

अल्पमतमा परिसकेको अवस्थामा समेत मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रक्रियालाई लम्ब्याउँदै आफ्नो सरकारको आयु केही दिन बढाउने पहल गरेकी हुन् ।

बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।विपक्षी गठबन्धनले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममै सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डेको नाम प्रस्ताव गरिसकेका छन् । विपक्षी गठबन्धनसँग प्रदेशसभाको प्रस्ट बहुमत छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *