सरकारको काम कारबाहीप्रति नेता थापाको असन्तुष्टि

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक ५, २०७८      0

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

पूर्वमन्त्रीसमेत रहनुभएका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाए । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घले शुक्रवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी देश भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।कांग्रेस नेता थापाले विद्युत् खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । उनले विद्युत् खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनाबद्ध सोच अगाडि ल्याउन ढिलाइ गर्न नहुने स्पष्ट पारे ।

नेता थापाले नेपाल विद्युत् प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे । उनले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *