बाढी-पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्छौ : प्रधानमन्त्री

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक ५, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी,पहिरो पीडितलाई तत्काल राहत दिने बताए ।

बाढी, पहिरोबाट क्षति भएको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश पुग्नुभएका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्धार, राहत र बजेट व्यवस्थापन कार्यक्रम तत्काल अघि बढाइने बताएका छन् ।

उनले बेमौसमी वर्र्षात्ले सुदूरपश्चिमको अवस्था भयावह भएकोमा दुःख व्यक्त गरे । प्रधानमन्त्री देउवाले वर्षात्पछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पु¥याएकोमा अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरू ल्याउने आश्वासन समेत दिए ।

फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले एमसीसी पास हुनुपर्ने आफ्नो अडान दोहो¥याए । एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संसय गर्नुनपर्ने उनको तर्क थियो ।

बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री बिहीवार सुदूरपश्चिम पुगे । देउवाले त्यहाँका बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *