ग्लोबल टिभि
0
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गरिँदैछ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको मंगलवार बिहान बसेको स्थायी कमिटी बैठकले नेपाललाई कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो ।
बबरमहलको कार्की व्याङ्केटमा प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक शुरू भएको छ । बैठकले ओलीलाई कारवाही गर्दै नेपाललाई अध्यक्ष बनाउने नेपाल पक्षीय एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
Post Views: 1,562
Leave a Reply