एमाले प्रधानन्यायाधीशको विषयमा तटस्थ बस्छ : एमाले अध्यक्ष ओली

 ग्लोवल टि.भी.      मङ्लबार, कार्तिक ९, २०७८      0

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको विषयमा अहिले देखिएको विवादमा कसैको पक्ष नलिने बताएका छन्।

सत्ता पक्षसँगको साँठगाँठका कारण विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नागरिक समाज र कानुन व्यावसायीले राजीनामा माग गरिरहेका छन् । यस विषयमा सत्ता पक्षका नेताहरु मौन छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यो विवादमा कसैको पनि पक्षधरता नलिने बताए । प्रेस चौतारी मोरङले विराटनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रधानन्याधीशको राजीनामा नमाग्ने र महाअभियोगको माग पनि नगर्ने संकेत गरे ।

प्रधानन्यायधीशलाई महाअभियोग लगाउने कुनै कुरा छ कि भन्ने पत्रकारको प्रश्नमा उनले अदालत भित्र भइरहेको दाउपेच र गुटबन्दीमा नपस्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *