प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन सकिन्छ :बिडारी

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक ९, २०७८      0

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन सकिन्छ र यसका लागि प्रशस्त आधार र कारण बनेको  नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले बताएका छन् ।
तैपनि आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ । उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए ।

उनले भने,‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ । न्यायालय बलियो बनाउनुपर्छ । यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ ।’
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरूबीच द्वन्द्व चल्नु यो विडम्बनाको अवस्था भएको बताए ।

उनले प्रधानन्यायाधीश जबराले आज न्यायाधीशहरूसँगको भेटमा आफू संविधानअनुसार नियुक्ती भएका र हटाउने भएपनि संवैधानिक प्रक्रियाअनुसार हटाउ भन्नु भनेको महाभियोग फेस गर्न तयार छु भनेको पनि उल्लेख गरे ।
यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको अहिलेसम्म कांग्रेसले राजीनामा नमागेको स्पष्ट पारे ।

उनले भने,‘हाम्रो बैठक पनि बसेको छैन । पार्टीले महाभियोगको बारेमा छलफल नै भएको छैन । न्यायालयको झगडा छताछुल्ल हुनुहुँदैन । बरु, न्यायालय पुनसंरचना गर्नुपर्छ ।’ उनले न्यायालयको पुनःसंरचनाको कुरा उठाउनुको कारण भने प्रधानन्यायाधीशले मात्रै नभएर बरु सबै न्यायाधीशले राजीनामा दिनुपर्ने रहेकोतर्फ संकेत गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *