एमाले काठमाडौं महानगर अध्यक्षमा निर्मल देउला चयन

 ग्लोबल टिभि      बुधबार, कार्तिक १०, २०७८      0

नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएकाछन् ।

एमाले महासचिव ईश्वर पोखरेलले उदघाटन गरेको काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको बताइएको छ ।

यस्तै ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था शाक्य ‘मञ्जली’ अध्यक्ष चयन हुनु भएको छ । यसैगरी गोदावरीमा प्रभाकर थापा र महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ नगर अध्यक्ष भएको जनाइएको छ ।

बागमतीमा नवराज सञ्जेल, महांकालमा पुरुषोत्तम हुमागाईं र कोञ्जोसोममा कविन्द्र लामा गाउँपालिका अध्यक्ष भएकाछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *