काठमाडौँ । प्रतिनिधि सभा बिघटनको निर्णय भएपछि तरल बनेको राजनीतिक अबस्थामा नेपाली कांग्रेसले बिचार नमिल्ने कम्युनिष्टहरुसंग सहकार्य वा चुनावी तालमेल हुन नसक्ने स्पष्ट पारेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकार्यको प्रस्ताव गरेपछि सभापति शेरवहादुर देउवाले कांग्रेसको बटमलाईन स्पष्ट पारेका हुन् ।
्कांग्रैस केन्द्रीय समिति बैठकमा पनि यसबारे छलफल भएको छ । कांग्रेस केन्द्रीय समिति बैठक भोलि पनि बस्दै छ ।
देउवाले प्रचण्डसंग प्रतिनिधिसभा विघटनको निर्णय उल्टिए वा निर्वाचनमा जानुपर्ने जुन सुकै अवस्था आएपनि कांग्रेस सरकारमा जाने वा चुनावी तालमेलमा जाने अवस्था नहुने स्पष्ट पारेका छन् । प्रचण्डले कांग्रेससँग सहकार्य गरौँ भन्ने प्रस्तावमा सभापति देउवाले उक्त जवाफ दिएका हुन् । सर्वदलीय बैठकमा ‘प्रचण्ड’ र माधव नेपाल समुहको नेकपा, जनता समाजवादी पार्टीका नेताहरुले रास्ट्रपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध तत्काल सर्वोच्च अदालतमा सामूहिक रिट दिने र बिरोधका साझा कार्यक्रमका साथ सम्भव भए सदनबाट नत्र सडक संघर्ष मार्फत प्रतिरोधमा उत्रिने प्रस्ताव मात्रैमा सहकार्य हुनसक्ने तर्फ कांग्रेस सहमत हुनसक्ने बताइन्छ ।कांग्रेससंग भन्दा जनता समाजवादीसंग धेरै विषयमा धारणा मिलेकोले कांग्रेसले बोलाएको सोमबारको बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर सँगै शरतसिंह भण्डारी र जितेन्द्र सोनल संग गम्भीर छलफल गरेका थिए ।
Leave a Reply