ओली पक्षले मनोनित सदस्यहरुलाई प्रशिक्षण गर्दै-नेताहरुलाई तोकियो जिम्मेवारी

 ग्लोवल टि.भी.      बुधबार, पुस ८, २०७७      0

नेकपाको केपी ओली पक्षले केन्द्रीय कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई सातै प्रदेशमा प्रशिक्षण दिने भएको छ । आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो ।

प्रशिक्षण कार्यक्रम सन्चालनका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।

केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार निम्न प्रदेशमा निम्न नेताहरुलाई खटाइएको छ–

१. सुदूरपश्चिम प्रदेश– लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा ।
४. गण्डकी प्रदेश– टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल ।
५. वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २.– ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।
७. प्रदेश नं. १.– सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फे ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *