संसद बिघटन सम्बन्धी रिट अब संवैधानिक इजलासमा

 ग्लोबल टिभि      बुधबार, पुस ८, २०७७      0

काठमाण्डौ । प्रतिनिधि सभा बिघटन गैर संवैधानिक भएको भन्दै परेको रिटको सुुनुवाई अब संबैधानिक इजलासमा हुने भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाई पनि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुने आदेश जारी भएको हो ।संसद विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा एक दर्जन रिट दायर भएका छन् ।

यसैगरी यही पुस ७ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि संसद विघटनविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरुले कांग्रेसलाई पनि आफ्नो रिटमा सहभागी हुने आग्रह गरे पनि कांग्रेस तयार भएन ।

उनीहरुले प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट बन्चित भएको भन्दै राष्ट्रपतिको ससद विघटन् गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *