राष्ट्रिय सहमतिको सरकार गठन गर्न परिवार दलको सुझाव

 ग्लोवल टि.भी.      बुधबार, पुस ८, २०७७      0

काठमाण्डौं । नेपाल परिवार दलले नेकपा तथा मुख्य विपक्षी दलहरुलाई संयमित हुन आग्रह गर्दै राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर घनिभूत रुपमा सर्बपक्षीय छलफल तथा संवादद्वारानै समस्याको उचित समाधान खोज्नु पर्नेमा जोड दिएको छ ।
परिवार दलले राष्ट्रिय सहमति र सहकार्यको मार्गचित्र वाटनै नेपालको ठुला ठुला परिवर्तनहरु तथा संबिधान लेखन जस्तो ऐतिहाँसिक कार्य सम्भव भएका तथ्यहरु स्मरण गराउदै संविधानको कार्यन्वयन गर्न पनि यो बाहेक अर्को मार्गचित्र वाट सम्भब नहुने भएकोले आबस्यक परे राष्ट्रिय सहमतिको सरकार गठन गर्न समेत तयार रहन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक काठमाडौँमा उपलब्ध केन्द्रिय सदस्यहरु तथा सल्लाहाकार समेतको उपस्थितिमा दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले संसद बिघटन सम्बन्धी बिषय अदालतबाटै किनारा लाग्ने बिश्वास पनि ब्यक्त गरेको छ ।
कोभिड १९ को महामारीले शिथिल भयको नेपाली अर्थतन्त्र र महंगी, बेरोजगार र भ्रष्टाचारले आक्रान्त बनाएको बेला सत्तारुढ दल भित्रको शक्ति संघर्षले सृजित अन्योलताले सबैलाई थप चिन्तित बनाएको पनि बैठकको निष्कर्ष निकालेको प्रवक्ता सन्तोष कुमार पौडेलद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *