प्रचण्ड-नेपाल समूह पाण्डेलाई महासचिव बनाउने तयारीमा

 ग्लोवल टि.भी.      बिहिबार, पुस ९, २०७७      0

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने र्निणय गरेका छन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायतको अनौपचारिक छलफलले पाण्डेलाई पार्टीको महासचिव बनाउने तयारी गरेको हो । यसैबीच साढे ११ बजे बोलाइएको केन्द्रीय कमिटी बैठक दिउसो १ बजेका लागि स्थिगीत गरीएको छ ।

महासचिवका लागि भीम रावल,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल, हरिबोल गजुरेल,वर्षमान पुन,जनार्दन शर्मा लगायतका नेताहरु प्रतिस्पर्धामा छन् । पाण्डे नेकपा एमालेको नवौं महाधिवेशनमा ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *