जसपा नेताहरुले सभामुखलाई भने : संसद जिवित छ, बैठक बोलाउनुस्

 ग्लोवल टि.भी.      बिहिबार, पुस ९, २०७७      0

काठमाण्डौं । विपक्षी दल जनता समाजवादीका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रतिनिधि सभा जिवितै रहेकोले बैक बोलाउन आब्हान गरेका छन् ।
नेताहरु डा बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण लगायतका नेताहरुले सभामुख सापकोटालाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
संसद बिघटन असंबैधानिक भएको भन्दै जसपा देशब्यापी आन्दोलनमा छ ।
गैर कानुनी रुपमा प्रतिनिधि सभा बिघटन भएको भन्दै एक दर्जन रिट सर्वोच्च अदालतमा बिचाराधीन छन् ।
ती सबै रिटको सुनुवाई अब संबैधानिक इजलासमा हुने भएका छन् ।
यहि आइतवार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बिघटन गरेकि थिइन् ।
उक्त बिघटनको चौतर्फी आलोचना भएको छ ।
हिजो मात्रै सभामुख सापकोटाले बिज्ञप्ति जारी गरि हठात् प्रतिनिधि सभा बिघटन भएको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *