काठमाण्डौं । अप्रत्याशित रुपमा हठात प्रतिनिधि सभा बिघटन गरि रक्षात्मक अबस्थामा पुगेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन अन्तर्वार्तामा प्रजातान्त्रिक आन्दोलनमा ठूलो मुल्य चुकाएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलप्रति कटाक्ष गरे ।
उनले ‘आधारभूत रुपमा कांग्रेस लोकतान्त्रिक पार्टी भएपनि रामचन्द्र पौडेल क्रान्तिकारी देखिन खोजेको, पौडेललाई चुनाव उठ्न खतरा रहेको र निर्वाचनका आकर्षण पौडेललाई नभएको’ अभिब्यक्ति दिए । उनले भनेका थिए,‘देश दरार युवाले उहाँकै निर्वाचन क्षेत्रमा पराजित गरे’
पौडेल गत २०७४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँबाट तत्कालीन एमाालेका किसान श्रेष्ठसंग पराजित भएका हुन् । पूर्व मन्त्री गोविन्दराज जोशी बिद्रोही उठेपछि २०४८यताको आम निर्वाचनमा पौडेल पहिलो चोटि पराजित भएका हुन् ।
जानकारहरुका अनुसार ‘पौडेलले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका’मा प्रश्न उठाउने , पौडेललाई खिसिट्युरी गर्ने हैसियतमा छैनन् ओली ।
आफ्ना सबै बिकल्पका ढोका बन्द भएपछि बाँकी रहेको शितल निवासलाई संविधानको मर्म र भावना विपरित निर्णय गर्न लगाएर प्रतिनिधि सभा बिघटन गराएका हुन् ओलीले ।
राजनीतिक क्षेत्रका जानकारहरुका अनुसार ‘प्राविधिक रुपमा एक चोटी अमूक निर्वाचन क्षेत्रमा चुनाव हार्ने बित्तिकै ’उस्को प्रजातान्त्रिक आस्था र बिश्वासमा प्रश्न गर्नु गल्ती हो, जुन टेलिभिजन अन्तर्वार्ता मार्फत ओलीले गरे ।
इतिहासलाई स्मरण गर्ने हो भने केपी शर्मा ओली २०६४ सालको पहिलो संविधान सभामा आँफ्नो छोरा समानका उमेरका बिश्वदीप लिङदेनसंग २ हजार हाराहारीको मत अन्तरले पराजित भएका हुन् ।
ओलीले सम्झनुपर्ने हो, १३ बर्ष अघि आँफूले पनि ‘एक फुच्चे’संग चुनाव हारेको इतिहास । पौडेल निकट नेता भन्छन्,‘पौडेलप्रति कटाक्ष गर्ने ओलीले १३ बर्ष अघि पहिलो संविधान सभा निर्वाचमा आँफू हारेको स्मरण गर्नु पर्छ । आवधिक निर्वाचनमा एक पटक चुनाव हारेको बिषय कोट्याएर निर्वाचनमा आकर्षण छैन भन्नु गैर जिम्मेवारको पराकाष्ठा हो ।
बिश्लेषकहरु भन्छन् , कांग्रेस निर्वाचनसंग भागेको होइन, जुन ढंगले अप्रजातान्त्रिक तरिकाले , गैर संवैधानिक रुपमा प्रतिनिधि सभा बिघटित भयो त्यस्को प्रतिवादमा उत्रिएको हो कांग्रेस ।
प्रजातान्त्रिक निष्ठा र आर्दशलाई चुनावको गणितको जित हारमा मात्रै टेकेर ब्याख्या गर्नु र आफ्नो दल बिशेषको स्वार्थ अनुसार बिश्लेषण गर्नु पक्कै कांग्रेसका लागि प्रत्युत्पादक हुन सक्छ ।
त्यहि आर्दश बोकेर पौडेलले अभिब्यक्ति दिएपछि ओलीलाई बिझाएको हुनसक्छ ।
Leave a Reply