प्रतिनिधि सभा विघटनको रिटमा पाँच न्यायाधीशलाई तोकियो पेसी

 ग्लोबल टिभि           0
asfafasfsaf saf

प्रतिनिधि सभा विघटनविरूद्ध परेका १३ रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले आज संवैधानिक इजलासमा पेशी तोकेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको पूर्ण इजलास तोकेका हुन्।

जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संसद विघटन गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेका थिए। ती रिटको प्रारम्भिक सुनुवाइ बुधबार भएको थियो। प्रधानन्यायाधीश राणाले ती रिटको सुनुवाइ गर्दै सबै रिटलाई संवैधानिक इजलासमा पठाइदिएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *