कांग्रेसको बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिए

 ग्लोबल टिभि      सोमवार, कार्तिक २२, २०७८      0

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् ।

प्रदेश २ का ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा निर्वाचन अधिकृत तोकिएका नेपाली कांँग्रेसले जनाएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको छ । बाँकेमा रेवaतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन समितिले जनाएको छ ।यस्तै सप्तरीमा डा.रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत बनाएर पठाइएको छ । निर्वाचन अधिकृतहरु कात्तिक २२ गते तोकिएको जिल्लामा पुग्ने बताइएको छ । निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ गतेका लागि मिति तोकेको छ । २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा काँग्रेसको जिल्ला अधिवेशन भइसकेको छ भने ६४ जिल्लामा पालिका अधिवेशन पनि सकिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *