न्यायालयभित्रको विवादले चाँडो निकास पाओस्: गृहमन्त्री खाँण

 ग्लोबल टिभि      सोमवार, कार्तिक २२, २०७८      0

गृहमन्त्री बालकृष्ण खाँणले सरकारले न्यायालयभित्रको विवादले चाँडो निकास पाओस् भन्ने चाहेको बताए ।

जनकपुर विमानस्थलमा आज मन्त्री खाँणले न्यायालयभित्रको समस्या उसैले समाधान गरोस् भन्ने चाहेको बताएकाछन् । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसाबले पनि स्वतन्त्र ढंगले चल्नुपर्ने तर्क गरे । गृहमन्त्री खाँणले सरकारले नागरिकता विधेयक चाँडै पास गर्न चाहेको भन्दैसदनको अवरोध हटाउन प्रमुख प्रतिपक्षी एमालेसँग आग्रह गरेकाछन् ।

गृहमन्त्री खाँणले स्वतन्त्रतापूर्वक बाँच्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले सरकारले नागरिकको सुरक्षाको विषयलाई पहिलो प्राथमिकतामा राखेको दोहो¥याए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *