ग्लोबल टिभि
0
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेश कांग्रेस संसदीय दलले बैठक बोलाएको छ ।
नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक घटना क्रमबारे छलफल गर्न शुक्रबार चार बजे बैठक बोलाइएको बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले जानकारी दिए ।
प्रचण्ड–माधव समूहका ४५ जना सांसदहरुले मुख्यमन्त्रीविरुद्ध शुक्रबार नै प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
Post Views: 1,035
Leave a Reply