कांग्रेस रौतहटको क्रियाशील सदस्यता सार्वजनिक

सानेपामा जारी अनसन भने नरोकिने

 ग्लोबल टिभि      बुधबार, कार्तिक २४, २०७८      0

वडा अधिवेशन सुरु हुन तीन दिनअघि नेपाली कांग्रेसले रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेको हो । रौतहटको विवाद सुल्झिएसँगै कांग्रेसले ७७ जिल्लाकै क्रियाशील सदस्यता टुंग्याएको हो । रौतहटमा पनि कात्तिक २७ गते नै वडा अधिवेशन हुने समितिले जनाएको छ ।

क्रियाशील सदस्यता धाँधलीपूर्ण रुपमा वितरण गरेको आरोप लगाउँदै कांग्रेसको केन्द्रीय कार्यालय सानेपमा जारी अनसन भने नरोकिने भएको छ । १११ दिनअघि सानेपामा रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ का केही नेता कार्यकर्ताहरु रिले अनसनमा छन् ।कांग्रेसले मंसिर २४–२७ सम्म १४ औं महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कांग्रेस वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ देखि अधिवेशन प्रक्रिया सुरु गर्ने जनाएको छ । कांग्रेसको १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *