काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमकाविरुद्ध पुस १३ गते हुने विरोध प्रदर्शनमा सहभागी हुन आमनागरिकलाई अपील गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गरी विरोध प्रदर्शनमा सक्रिय सहभागिताका लागि सहभागी हुन अपील गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैंले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’
उनले सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन् ।
Leave a Reply