हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा राजधानीमा राप्रपाको प्रदर्शन

 ग्लोवल टि.भी.      शनिबार, पुस ११, २०७७      0

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दुराज्यको पक्षमा राजधानीमा मोटर साइकल ¥याली आयोजना गरेको छ ।
राप्रपा अध्यक्ष कमल थापा आफै स्कुटर चलाई जुलुसमा सहभागी भएका थिए ।

¥यालीमा सहभागिहरुले भ्रष्टाचार,बेरोजगारी,धर्मपरिबर्तन र बिकृतीको चर्को बिरोध गरेका थिए ।
अध्यक्षद्वय कमथ थापा र डा.प्रकाशचन्द्र लोहनीले र्यालीलाई सम्बोधन गर्दे मुख्य भनिएका दलहरु असफल भएकोले राप्रपाको मार्गचित्रले मात्रै राजनीतिक निकास सम्भव भएको बताए । सयौँ मोटरसाइकलसहित राप्रपाले राजसंस्था पुनर्स्थापना, हिन्दुराज्य लगायतको माग गरेको थियो।

र्‍यालीपछि माइतीघर मण्डलामा भएको कोणसभामा आगामी १७ गते हुने  आमसभामा सहभागी हुन अध्यक्ष थापाले अपिल गरेका थिए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *