नागरिक अगुवाले भने – समृद्धिको यात्रा, ओलीको गाइजात्रा !

 ग्लोबल टिभि           0

काठमाडौं । नागरिक आन्दोलनका अगुवाहरुले संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको बृहत् नागरिक आन्दोलनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको हो ।

बृहत् नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गरेको छ । गत आइतबार प्रधानमन्त्री केपी ओलीले अचानक प्रतिनिधिसभा विघटन गरेपछि उनको यो कदमको चौतर्फी विरोध सुरु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *