काठमाडौं । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध जनता समाजवादी पार्टी नेपालले शनिबार देशव्यापी मसाल जुलुस निकालेको छ ।देशका कतिपय स्थानमा प्रदर्शनकारीलाई प्रहरीले दमन गरेको जसपाले जनाएको छ । संसद विघटनविरुद्ध जसपाले विरोधका कार्यक्रम गर्दै आएको छ ।यसै क्रममा जनता समाजवादी पार्टी नेपाल सप्तरी पनि मसाल जुलुस निकालेको थियो । मसाल जुलुस प्रदर्शन गर्दै जसपाले असंबैधानिक कदम फिर्ता लिन माग गरेको छ । विघटनको बिरोधमा स्थानिय शिवमन्दिर प्राङणबाट मसाल जुलुससशित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् ।
मसाल जुलुसमा सहभागीहरुले प्रतिनिधिसभा विघटनको असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी मुर्दावाद लगायतका नाराबजी गरेका थिए ।मसाल जुलुसपछि स्थानीय नेता चौकमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै जसपाका नेताहरुले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान र प्रणालीमाथी नै प्रहार गरेको भन्दै अविलम्ब उक्त असंबैधानिक कदम फिर्ता लिन माग गरेका थिए ।
उनीहरुले असंबैधानिक कदम फिर्ता नभएसम्म चरणबद्ध रुपमा बिरोधका कार्यक्रम जारि रहने उद्घोष समेत गरे ।
Leave a Reply