ग्लोबल टिभि
0
काठमाण्डौं । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कामचलाउ हैसियतका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल बिस्तार गरेर संवैधानिक मर्यादाको उल्लंघन गरेको जनाएका छन् । शनिवार बिज्ञप्ति जारी गरि उनले संविधानले प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरी लोकतन्त्रको आत्मामा प्रहार गरेको बताएका हुन्। पछिल्लो समय प्रधानमन्त्री ओलीले चालेका कदम संविधान विपरीत भएको समेत उनको भनाइ छ।
प्रेस बक्तव्य :
प्रधानमन्त्री श्री के.पीं शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन । उहाँले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन् । अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो । हिजो फेरी कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गर्नुभयो ।
अव हामीलाई उहाँले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन । वरु न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्चाई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु ।
अतः नेपाली कांग्रेसले यो कदम सच्चियोस भनेर देशभरि जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको छ। सम्पूर्ण साथिहरुलाई उत्साहजनक सहभागिताको लागि अनुरोध गर्दछु ।
११ पौष २०७७
काठमाडौँ
Post Views: 1,120
Leave a Reply