ग्लोबल टिभि
0
चीनको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ।
चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय कमिटी, अन्तर्राष्ट्रिय विभागक उपमन्त्री गुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायत चार सदस्यीय टोली काठमाडौं आउन लागेको हो ।
सत्तारुढ दल नेकपामा आएको विभाजनले नेपालमा राजनीतिक अस्थिरता बढ्ने देखिएपछि नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी लिने उद्देश्यले चार सदस्यीय टोली काठमाडौं आउन लागेको हो ।
उपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ। त्यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधनमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ।
Post Views: 1,423
Leave a Reply