जसपाले आज विरोध प्रदर्शन गर्दै

 ग्लोवल टि.भी.      आइतवार, पुस १२, २०७७      0

जनता समाजवादी पार्टी (जसपा)ले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

जसपा पार्टीले मध्यान्ह १२ बजे प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनअन्तर्गत रत्नपार्क शान्ति वाटिकाबाट सुरु हुने जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा पुगी सभामा परिणत हुनेछ ।

सभालाई नेताहरू डा.बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राईले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *