देउवाले दिए निर्देशन -हामी देशै भरी आधिबेरी ल्याउछौ -तरुण दल अध्यक्ष

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस १३ गतेको विरोध प्रदर्शनमा तरुणहरूलाई सक्रिय सहभागी हुन आदेश दिएका छन् ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतलाई शनिबार बिहान बुढानिलकण्ठस्थित निवासमा बोलाएर देउवाले सोमबार हुन लागेको विरोध प्रदर्शनलाई सशक्त बनाउन निर्देशन दिएका हुन् ।

सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेको भन्दै न्यायालयलाई असर पर्ने गर्ने कुनै पनि गतिविधि नगर्न पनि सुझाव दिएका छन् ।

देउवाले जनताको अभिमत लिने कुरा वा निर्वाचनमा जाने कुराबाट कांग्रेस पछाडि नहट्ने बताएका छन् । देउवाले निर्वाचनका लागि पनि सरकारलाई दवाव दिनु आवश्यक रहेको बताएका छन् ।

‘संसद विघटन गरेको विषयमा कांग्रेसले देशभरि प्रदर्शन गर्छ । जनप्रतिनिधिमुलक संस्था संसद विघटन भएकोमा कांग्रेसको विरोध छ । मैले शुरुमै विरोध गरिसकेको छु’, देउवाको भनाइ उदृत गर्दै अध्यक्ष बस्नेतले भने, ‘पुस १३ गतेको विरोध प्रदर्शनमा सशक्त रुपमा सहभागी हुन सभापतिज्यूबाट निर्देशन आएको छ । हामी सोहीअनुसार लाग्नेछौँ ।’

कांग्रेसले प्रधानमन्त्री केपी ओलीद्वारा संसद विघटन गरिएको विरोधमा कांग्रेसले पुस १३ गते सोमबार प्रतिनिधि सभाको १ सय ६५ वटै क्षेत्रमा एक साथ विरोध प्रदर्शन गर्दै छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *