ग्लोबल टिभि
0
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ काठमाडौं आएका छन् । उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
एयर चाइनाको फ्लाईटमार्फत नेपाल आएका गुओ योझाउको टोली विमास्थलबाट नेपाली सुरक्षाकर्मी नलिइकन निस्केका छन् । उपमन्त्रीको टोलीले आफ्नै तरिकाले भेटघाट गर्ने भन्दै सुरक्षा नलिएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला भएको चिनियाँ टोलीको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन् । भेटहरुमा उनले पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने बढी चासो राखेकी थिइन् ।
Post Views: 1,329
Leave a Reply