कांग्रेसका नेता शशांकलाई सिंहको जवाफ : प्रकाशमानको रेकर्ड हेर्नुस्

 ग्लोबल टिभि      बुधबार, मंसिर १, २०७८      0

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई काठमाडौं बाहिर चिन्दैनन् भन्ने महामन्त्री डा। शशांक कोइरालालाई आफ्नो रेकर्ड हेर्न चुनौती दिएका छन् ।

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नेता सिंहले आफ्नाबारे दुस्प्रचार भएको बताए । पहिले काठमाडौंमै चिन्दैन भन्ने गरेको र अहिले काठमाडौं बाहिर चिन्दैन भन्ने गरेको भन्दै उनले भने, ‘प्रकाशमानको रेकर्ड हेरोस् ।’
आफूले गिरिजाप्रसाद कोइरालाको उपसभापति र सुशील कोइरालाको महामन्त्री भएर काम गरेको तथा १२ औं महाधिवेशनमा पार्टी सभापतिले भन्दा आफूले बढी भोट ल्याएको भन्दै नेता सिंहले प्रश्न गरे, ‘काठमाडौंको भोटले मात्र जितेको हुँ ।’

हरेक नेताको परीक्षा संकटको बेला हुने भन्दै उनले नेता कार्यकर्तालाई रेकर्ड हेर्न आग्रह गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *