अदालतको समस्या एक–दुई दिनभित्रै समाधान हुने अध्यक्ष दाहालको दाबी

 ग्लोबल टिभि      बुधबार, मंसिर १, २०७८      0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिनभित्रै समाधान हुने दाबी गरेकाछन् ।

जनकपुर विमानस्थलमा आज अध्यक्ष दाहालले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको बताए । यस विषयमा अब बढी प्रतिक्रिया दिन आवश्यक नरहेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति भएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *