राप्रपाले फेरि सार्‍यो महाधिवेशन,नयाँ मिति सार्वजनिक

 ग्लोबल टिभि      शुक्रबार, मंसिर ३, २०७८      0

काठमाडौं,मङ्सिर ३गते।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन सरेको छ।
यही मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको छ।

अब मंसिरकै १५, १६ र १७ गते महाधिवेशन हुने पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए।
पार्टीका अध्यक्षहरूबीच छलफलपछि महाधिवेशन केही पर सारिएको थियो।

महाधिवेशन काठमाडौंमा हुने उक्त पार्टीले जनाएको छ।

साथै महाधिवेशन प्रतिनिधिको चुनाव गर्ने मिति पनि हेरफेर गरिएको छ।मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयनका लागि चुनाव गर्ने कार्यतालिका बनाए पनि अब मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने चुनाव हुने राप्रपाले जानकारीदिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *