कर्णालीका प्रदेशका मुख्यमन्त्रीले मंसिर १४ मा विश्वासको मत लिने

 ग्लोबल टिभि      शुक्रबार, मंसिर ३, २०७८      0

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन्। त्यसका लागि कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीले विश्वासमा मत लिने प्रयोजनका लागि १४ गते प्रदेश सभा अधिवेशन आह्वान गरेका हुन्। कर्णाली प्रदेश सभा सचिवालयले पनि मंसिर १४ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको छ ।

नेपालको संविधानको धारा १६८ (४) बमोजिम मुख्यमन्त्रीले आफू नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ। कर्णाली प्रदेशका मुख्यमन्त्री शाही कात्तिक १६ गते नियुक्त भएका हुन् ।

सत्ता साझेदार दल माओवादीक केन्द्रका १२, समाजवादीका ३ र कांग्रेसका ६ जना गरी २१ जना प्रदेशसभा सदस्यको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त भएका हुन्। कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका १३ र तटस्थ रहेको राप्रपाका एक जना सांसद छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *