ग्लोबल टिभि
0
काठमाडौं,मङ्सिर ४गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट सभापतिमा उम्मेदवारी दिने आकांक्षा राखेका नेताहरुबीच छलफल सुरु भएको छ ।
सभापतिमा उम्मेदवारी दिने तयारी गरेका नेताहरु पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच शनिबार साँझ शशांक निवासमा छलफलमा बसेका हुन्।
सभापति पदका अर्का आकांक्षी केन्द्रीय सदस्य शेखर कोइराला भने काठमाडौं बाहिर भएकाले उक्त छलफलमा अरु तीन जना मात्र बसेका हुन् । ती नेताका अनुसार छलफलमा पौडेल समूहको साझा उम्मेदवार छान्ने विषयमा छलफल हुनेछ ।
Post Views: 1,000
Leave a Reply