प्रदेश दुई सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादवलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । मुख्यमन्त्री लालबाबु राउतले गतसाता उनीहरुलाई मन्त्री नियुक्त गरेका थिए ।
महतोलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री लालबाबु राउतले आफ्नै दल जनता समाजवादी पार्टीका मन्त्री रामनरेश रायलाई गत साता बर्खास्त गरेका थिए ।
यस्तै नेकपा एकीकृत समाजवादीका नेता यादवले कानुन मन्त्रीको जिम्मेवारी पाए। प्रदेशसभामा नेकपा एकीकृतका १३ जना सांसद छन्।
केन्द्रमा बनेको गठबन्धन अनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी र नेकपा एकीकृतलाई सहभागी गराइएको छ।
प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित अर्थ, समाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी गरी ४ मन्त्रालय, कांग्रेसले भौतिक पूर्वाधार, उर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद गरी तीन मन्त्रालय र माओवादी (केन्द्र) आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाएका छन्। नेकपा एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिइएको छ।
Leave a Reply