भीम रावलले एमाले अध्यक्षमा उम्मेद्वारी दिने

 ग्लोबल टिभि      आइतवार, मंसिर ५, २०७८      0

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने भएका छन् ।

आइतबार दिउँसो ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरि रावलले आफ्नो उम्मेद्वारी सार्वजनिक गर्न लागेको उनी निकट स्रोतले बतायो ।
‘तीन बजे उहाँको उम्मेद्वारी घोषणा हुँदैछ। त्यसकै लागि परामर्श गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘आफ्नो टीमसहित हुन्छ या उहाँले मात्रै गर्नुहन्छ भन्ने कुरा त्यतिबेलै थाहा हुन्छ । रावलले यसअघिनै प्रष्ट नभने पनि अनौपचारिक रुपमा कार्यकर्तासँग परामर्श गरेका थिए ।

दस बुँदे सहमति कार्यान्वयन नभएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रावलको सम्बन्ध बिग्रिएको छ । दस बुँदे कार्यान्वयन गर्न असहयोग गरेको भन्दै रावलले कार्यदलबाट समेत राजीनामा दिएका थिए । एमालेमा पार्टीभित्रको अन्तरसंघर्षका क्रममा रावल माधव नेपाल समूहमा थिए । तर माधव नेपालले नयाँ पार्टी गठन गरेपछि रावल एमालेमै बसेका हुन् । नेकपा एमालेको १० औं महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा हुँदैछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *