एकनाथ ढकाल परिवार दलको अध्यक्षमा चयन

 ग्लोबल टिभि      आइतवार, मंसिर ५, २०७८      0

काठमाडौं,मङ्सिर ५गते । नेपाल परिवार दलका तेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पुनः एकनाथ ढकाललाई चयन गरेको छ । शनिबार सुरु महाधिवेशनले आइतबार ढकालको नेतृत्वमा १०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा चयन भएका छन् भने सह–महामन्त्रीमा मिलनकुमारी राजवंशी, रुपसिँह भण्डारी, मनोज कुमार सुर्खेती, अब्दुल कैयुम शाह र अशोककुमार चौधरी चयन भएका छन् ।
दलको कोषाध्यक्षमा गोविन्द नाथ मिश्र र सहकोषाध्यक्षमा वुद्धिमाया पुन मगर चयन भएका परिवार दलले जनाएको छ ।

महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोग गठनलगायतको विषयलाई पारित गरेको छ । थलिएको नेपाली अर्थतन्त्रलाई उकास्न विज्ञ सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न पनि प्रस्ताव गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *