माओवादी कमजोर हुँदा प्रतिक्रान्तिकारीहरुले टाउको उठाए-प्रचण्ड

 ग्लोबल टिभि      सोमवार, मंसिर ६, २०७८      0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन् ।

चितवनको टाँडीमा सोमवार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘हामी (माओवादी)कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउँदा रहेछन् ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई प्रचण्डले ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ बताए । माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउने षडयन्त्र भएपछि सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गराएको प्रचण्डले बताए । उनले जनताको बलमा नै प्रतिनिधिसभा पुनस्थार्पना भएको दाबी गरे ।

‘प्रतिक्रियावादीलाई बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पर्‍याउने काम जनताले गरेको प्रचण्डले बताए । उनले जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको बताउँदै अगाडि भने, ‘हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु भन्न सक्नुपर्छ ।ु अहिले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीको वरपरै नै रहेको प्रचण्डले दाबी गरे ।
संगठनमा यसबीचमा देखापरेको निष्क्रियता, असन्तुष्टि, अराजकता र गुटबन्दीलाई अन्त्य गर्ने संकल्प गरेका थियौँ । सोहीअनुसार देशैभरि सदस्यता नवीकरण र अधिवेशनहरु गर्न थालेका हौँ । अधिवेशन हुन थालेपछि पार्टीको पुनर्गठन र पुनर्निर्माणको महान् अभियानमा महत्वपूर्ण ऊर्जा पैदा भएको छ,ु प्रचण्डले भने ।
पार्टी केही निस्क्रिय हुँदा कार्यकर्तामा केही आत्मविश्वासमा कमी आउँदा प्रतिक्रान्तिकारीहरुले कसरी टाउको उठाउँदा रहेछन् भनेर हामीले भोग्यौँ ।

माओवादी कमजोर हुँदा उपलब्धि जतिबेला पनि उल्टिन सक्ने खतरा रहेछ । हामीले पूर्णसंविधान मानेको त होइन, त्यसको संशोधन गरिनुपर्छ भनेका छौँ, प्रचण्डले भने, यद्यपि विगतमा एउटा राजामा अधिकार निहित हुने परम्परा थियो । त्यो परिस्थितिबाट जनताको संघर्षको बलमा पहिलो पटक जनतालाई सार्वभौम बनाएको संविधान बनाएका हौँ । त्यसकारण पनि यो संविधानको रक्षा गर्दै र परिमार्जन गर्दै समाजवादतिर अघि बढ्नु हाम्रो ऐतिहासिक दायित्व हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *