पार्टीको भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न थापाको अपिल

 ग्लोबल टिभि      सोमवार, मंसिर ६, २०७८      0

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न अपिल गरेका छन् । नेता थापाले आज एक विज्ञप्ति जारी गर्दै त्यस्तो अपिल गरेका हुन् ।

आज गरिने महाधिवेशन प्रतिनिधि चयनको निर्णयले महाधिवेशनबाट पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय हुने विज्ञप्तीमा उल्लेख छ । आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय हुने भएकाले ख्याल राख्दै निर्णय लिन थापाले अपील समेत गरेका छन् ।

आज सही निर्णय गर्न सक्यौं भने मात्र पार्टीले सहि गति लिने बताउदै थापाले ‘पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईंहरुबाट हुनेछ। तपाईं निर्णय पार्टीको सर्वोत्तम हित र नव निर्माणका लागि हुने छ भन्नेमा विश्वस्त छु ।’

इतिहासलाई सिरानी हालेर मात्र अब हाम्रो श्रेष्ठता कामय रहन नसक्ने भन्दै परिवर्तनको वेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भनेमात्र श्रेष्ठता प्रमाणित हुँदै जाने नेता थापाले बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *