ग्लोबल टिभि
0
गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको दुबै पक्षले संसदीय दलको बैठक बोलाएका छन् ।
प्रचण्ड–नेपाल पक्षको बैठक सोमबार दिउँसो बसेको छ । ओली पक्षको प्रदेश कमिटिको बैठक अहिले चलिरहेको छ । त्यो सकिएपछि संसदीय दलको बैठक बस्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
प्रतिनिधिसभा विघटनको प्रभाव प्रदेशमा पनि देखिएको छ ।
गण्डकीमा नेकपा (ओली पक्ष) का २७ र प्रचण्ड–नेपाल पक्षका १३ (१२ जना प्रचण्ड र १ जना नेपाल पक्षका), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।
Post Views: 954
Leave a Reply