प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गरेको छ । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध ¥याली निस्केको छ भने सभामा नेताहरुले सम्बोधन गर्दैछन् ।
भक्तपुरको मध्यपुर थिमीको सभालाई पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै छन् ।
महामन्त्री डा. शशांक कोइरालाले आफ्नै निर्वाचन क्षेत्र नवलपुरमा सम्बोधन गर्दै छन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेस कार्यकर्ताले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी प्रकाशमान श्रेष्ठको कार्यालय विजुलीबजारबाट निस्केको जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो ।
काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन भइरहेको छ ।
Leave a Reply