सुकुम्बासीलाई भूमि दिन्छु भन्ने,भ्रम छर्ने केपी ओली ठग हुन् : प्रचण्ड

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ७, २०७८      0

चितवन ,मङ्सिर ७गते।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी ओलीले सुकुम्बासीहरुलाई भूमि दिन्छु भन्दै ठ’गेको आ’रोप लगाएका छन् ।
सोमबार चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सुकुम्बासीहरुलाई भूमि दिन्छु भन्दै केपी ओलीले भ्र’म छरेको तर काम केहि नभएकोे आ’रोप लागए ।
उनले सुकुम्बासी समस्या समाधान आयोगलाई आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाएकाले आयोग खारेज गरेर राष्ट्रिय भूमि आयोग गठन गरिएकोे पनि स्पष्ट पारे । प्रचण्डले ओलीले जनतालाई सहजै ठग्न सक्ने भन्दै ओली नेपालकै सफल ठ’ग भएको टिप्पणी गरे ।
अध्यक्ष प्रचण्डले नेपाल माओवादी केन्द्रकै राजनीतिमा रहेको बताएका छन् । प्रधानमन्त्री र राष्ट्रपति जो भएपनि देशमा माओवादी केन्द्रकै वरिपरि रहेको उनकाे भनाइ थियाे ।
ओलीले प्रचण्डलाई सिध्या’उनकै लागि एमालेको महाधिवेशन चितवनमा गर्न लागेको उनको दावी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *