काठमाडौँ – ७ को काँग्रेस सभापतिमा मुकुन्द रिजाल निर्वाचित

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ७, २०७८      0

काठमाडौं ,मङ्सिर७गते।नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित भएका छन् । काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ को आज सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी भएका हुन् । उनीका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे ।

यस्तै, सचिवमा जनकराज उप्रेती १६५०, सृजना बुर्लाकोटी अर्याल १७६, सहसचिवमा दीपेन्द्र थापामगर १५७ र दिलीप अधिकारी १६१ मत ल्याई विजय भएका छन् । काठमाडौँ क्षेत्र नम्बर ७ मा २६६ क्षेत्रीय प्रतिनिधि रहेका थिए ।
काठमाडौँ क्षेत्र नम्बर ७ मा काठमाडौँ महानगरपालिका–१६, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाको केही क्षेत्रहरु पर्दछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *