कांग्रेस महाधिवेशन प्रतिनिधिः देउवाले पाए सर्वाधिक मत, आरजु सर्वसम्मत

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ७, २०७८      0

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि निर्वाचत भएका छन् ।

सोमबार भएको जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उनले ७९१ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा ८४६ मत खसेकोमा देउवाले सर्वाधिक ७९१ मत पाएका हुन् ।

कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ तर देउवा भने प्रत्येक महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि निर्वाचित हुँदै आएका हुन् ।

खुला १० महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा देउवा निर्वाचित भएका हुन् ।
त्यस्तै महाधिवेशन प्रतिनिधि खुला (महिला)तर्फ कांग्रेस नेतृ डा. आरजु राणा देउवा निर्विरोध भएकी छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *