धेरै भोट लिएर छानिने उमेदवार नै वरिष्ठ उपाध्यक्ष र महासचिव हो :ओली

 ग्लोबल टिभि           0

काठमाडौं ,मङ्सिर ८गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीमा आफ्नो कुनै छनोट नभएको बताएका छन् ।

एमालेको दशौं महाधिवेशन १० मंसिरमा चितवनमा सुरु हुँदैछ, तर पदाधिकारीका आकांक्षीहरुले मुख खोलेका छैनन् । उनीहरु अध्यक्ष ओलीको संकेत पर्खिरहेका छन् ।
मंगलबार सम्पादकहरुसँग भएको छलफलमा ओलीले भने आफ्नो कुनै रोजाइ नभएको बताए । उनले भने, ‘जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो ।’

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *