देश चकनाचुर भएको कांग्रेस टुलुटुल हेरेर बस्दैन : डा महत

 ग्लोवल टि.भी.      सोमवार, पुस १३, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसका सह महामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बर्तमान ओली सरकार हेर्दाहेर्दै देश चकनाचुर बनाउने तर्फ उद्धत रहेकोले कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । उनले
लोकतन्त्रवादी शक्ति मिलेर वर्तमान ओली सरकारको भण्डाफोर गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
हठात् प्रतिनिधिसभा बिघटन गरिएको विरोधमा आज कांग्रेसले महाराजगञ्ज चक्रपथमा आयोजना गरेको बिरोध सभामा डा महतले सरकारले संविधान मास्ने काम गरेर देश संकटमा परेकोले लोकतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने आबश्यकता औल्याए ।
डा महतले देश भ्रष्टाचारको दलदलमा फसेकोले समस्याग्रस्त राजनीतिलाई कांग्रेसलेनै सहि बाटोमा ल्याउने दृढता पनि ब्यक्त गरे । उनले सवर्सत्तावादको बिरोधमा देशैभर कांग्रेस सडकमा आएको पनि उनले बताए ।
उनले प्रतिनिधि सभा पुनस्थार्पना भए दुइ बर्ष पछि र बिघटनलाई नै अदालतले सदर गरे तुरुन्तै निर्वाचनमा होमिन पनि कार्यकर्ताहरुलाई निर्देशन दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *