अदालतलाई धम्क्याउँदैनौं, फैसला स्वीकार गर्छौं : देउवा

अन्य दलसंग मिलेर जाँदैनौँ मिलेर गएको फल पाइसक्यौँ एक्लै जान्छौँ

 ग्लोवल टि.भी.      सोमवार, पुस १३, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अदालतलाई धम्क्याउने पार्टी नभएकोले अदालतको निर्णय स्वीकार गर्ने बताएका छन् ।
देशब्यापी प्रर्दशनका क्रममा भक्तपुरमा आयोजित बिरोध सभामा बोल्दै सभापति देउवाले भने,‘ अदालतले जुनै पनि किसिमको फैसला सुनाए पनि थर्काउने धम्क्याउने काम गर्दैनौँ। बानी पनि छैन, चलन पनि छैन। अदालतलाई स्वविवेकीय अधिकार छ,’ उनले भने, ‘अदालतको अधिकारको निर्णय त्यसलाई हामी स्वीकार गर्नेछौँ। अन्तिम ठाउँ न्यायालय हो। हाम्रो पक्षमा होस् विपक्षमा होस् मान्न तयार छौँ।’

बिगतमा अन्य दलसंग मिलेर जाँदैनौँ मिलेर गएको फल पाइसक्यौँ एक्लै जान्छौँ,’ उनले भने, ‘एक्लै जाँदा हाम्रो शक्तिको आँकलन हुन्छ। जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ। हाम्रो पार्टीले ओलीको अप्रजातान्त्रिक कदम हो भनेर घोषणा गरिसकेको छ। अलोकतन्त्रको निर्णयको खिलापमा एक्लै प्रदर्शन गर्ने निर्णय गरेका छौँ।देउवाले संसद विघटनको विषयमा अदालतको फैसला कुरिरहेको पनि बताए।उनले अदालतमा विचाराधिन मुद्दामा कांग्रेस नबोल्ने पनि बताए। देउवाले छिटै केन्द्रीय समितिको बैठक गरेर देशका कहाँ कहाँ विरोध प्रदर्शन गर्ने निर्णय गर्ने बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *