प्रदेश सभाको आठौं अधिवेशन आह्वान, नाम र राजधानी तय हुने

 ग्लोबल टिभि      बुधबार, मंसिर ८, २०७८      0

प्रदेश सभाले आठौं अधिवेशन आह्वान गरेको छ । प्रदेश २ को प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै आठौं अधिवेशन यही मंसिर २९ गते आह्वान गरेको हो ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधान धारा १८३ को उपदफा १ बमोजिम २९ गते विहान ११ बजे बैठक बोलाइएको सूचनामा उल्लेख छ ।
सातौं अधिवेशन मात्र तीनवटा बैठक बसेर अन्त्य भएको छ । अब बस्ने आठौं अधिवेशनमा नामकरण र राजधानी तय गर्ने सरकारको तयारी छ ।
प्रदेशको नामकरण र राजधानी तोक्न प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रस्ताव एक पटक असफल भइसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *