कांग्रेस महाधिवेशन : पाँचथरमा संस्थापन पक्षका जबेगू बने सभापति

 ग्लोबल टिभि      बुधबार, मंसिर ८, २०७८      0

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरको अधिवेशन सम्पन्न भएको छ ।
जिल्ला अधिवेशनबाट सभापतिमा रूपनारायण जबेगु  पार्टी सभपातिमा निर्वाचित भएका छन् ।

उनले सभापतिमा पौडेल समूहका उमेदवार सुरेन्द्रकुमार दाहाललाई पराजित गरेका हुन् ।
कुल खसेको एक हजार ७७ मतमध्ये जवेगुले ६३४ मत प्राप्त गरे । दाहालले ४१६ मत पाए ।

जिल्ला उपसभापतिमा दुवै पौडेल समूहका नेताहरु विजयी भएका छन् । वृजहाङ आङदेम्बे र डिकेन्द्र चेम्जोङ विजयी भएका छन् । उनीहरुले मणिचन्द्र चेम्जोङ र समरबहादुर अधिकारीलाई पराजित गरेका छन् । आङदेम्बेले ६२५ र चेम्जोङले ४५१ मत प्राप्त गरे । पराजित मणिचन्द्रले ४३३ र अधिकारीले ४४० मत पाए ।

यस्तै, सचिवमा देउवा समूहबाट दीपक नेपाल विजयी भएका छन् । अर्को सचिवमा पौडेल समूहका डेकेन्द्र तामाङ विजयी भएका छन् । सचिवमा विजयी नेपालले ५२७ र तामाङले ४७० मत प्राप्त गरे ।

सहसचिवमा पनि दुवै समूहका एक एकजना विजयी भएका छन् । देउवा समूहबाट गजेन्द्र राईले ४९९ मत ल्याउँदै जित हासिल गरे । अर्का सहसचिवमा विजयी सन्तोष श्रेष्ठले ६०८ मत ल्याए । उनी पौडेल समूहका उमेदवार हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *