केपी ओलीले सूर्य चिह्नको धाक नलगाए हुन्छ- माधव नेपाल

 ग्लोबल टिभि      बुधबार, मंसिर ८, २०७८      0

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सूर्य चिह्नको धाक नलगाउन चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिह्नमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताए ।

उनले भने मैले भन्ने गरेको छु अब सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागिसकेको छ । अब कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिइरहेको छ ।’

बुधवार जनकपुरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महसुस गरिरहेको दाबीसमेत गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिह्न कलम चम्किरहेको र यही मङ्सिर १५ गतदेखि त्यो चिह्नको स्किटर लिएर आर्थिक सङ्कलन गर्दै नागरिकको घरघरमा पुग्ने अभियान सञ्चालन गर्ने घोषणासमेत गरे ।

आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताउँदै नेता नेपालले ‘समाजवादको दिशामा अघि बढ्नका लागि समानताको, न्यायको, विकासको र समृद्धिको यी चार वटा विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढिरहेको हुनाले यो पार्टीको भविष्य राम्रो रहेको वताए ।

अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुर नै राख्न उपयुक्त हुने धारणासमेत राखे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *